गृहमन्त्रालयले के जात्रा देखाको ? : गोकुलप्रसाद बास्कोटा

काठमाडौं,११ साउन । विश्वभर फैलिएको कोभिड १९ ले गर्दा झन्डै ४ महिनाको लामो लकडाउनले गर्दा सर्वसाधारणहरुलाई एक ठाउँबाट अर्को ठाउँमा ओहोर दोहोर गर्न कठिन भैरहेको बेला लकडाउन खुलेपनि पूर्ण रुपमा खुलीनसकेको अवस्थामा सवारीसाधनमा यात्रा गर्न बालबालिका र वृद्धवृद्धालाई दुःख मात्रै दिएको भन्दै पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले गृहमन्त्रालयको आलोचना गरेका छन् ।

आइतवार बिहान बास्कोटाले ट्वीटर लेख्दै यस्तो सुझाव र आलोचना गरेका हुन् । यस्तो छ ट्वीट: ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्काे बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’