पठाओका संस्थापक ३३ वर्षीय फहिम सलेहको अमेरिकामा आफ्नै अपार्टमेन्टमा उनको शरिरलाई टुक्रा टुक्रा अवस्थामा फेला पारियो

काठमाडौं, १ साउन । राइड शेयरिङ कम्पनी पठाओका संस्थापक ३३ वर्षीय फहिम सलेह मृत अवस्थामा फेला परेका छन् । उनि अमेरिकाको न्युयोर्कमा अपार्टमेन्टमा मृत अवस्थामा भेटिएको हो ।

सबै भन्दा गम्भीर कुरा उनको शरिरलाई टुक्रा टुक्रा अवस्थामा फेला पारिएको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन । शवको प्रकृति हेर्दा उनको ह त्या भएको प्रष्ट हुन्छ तर प्रहरीले यसको पुष्टि भने गरिसकेको छैन । उनी संस्थापक रहेको अर्को कम्पनी गाकोडाले भने फहिम सलेहको हत्या भएको पुष्टि गरेको छ ।

पठाओ नेपालमा निक्कै चर्चित रहेको छ  । नेपाल बाहेक पठाओले बंगलादेशमा ब्यबसायिक रुपमा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।