दिपाश्रीले भने जस्तो मैले छनौट गरेर मात्र फिल्म खेलेको भए दिपाश्रीले पनि म संग गोली सिसाको गित खेल्न पाउने थिएन होला : राजेश हमाल (पुरा भिडियो)


काठमाडौँ । राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन्। उनलाई दर्शकले महानायकको उपाधि समेत दिदै आएका छन । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो।

उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। पछिल्लो ३ वर्ष भने अभिनेता हमालले नेपाली चलचित्रमा अभिने गरेका छैनन् ।

उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन्। जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ। उनलाई यसै कारण महानायक भन्ने गरिएको छ। अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ। तर उनले अन्य कलाकार जस्तो सामाजिक संजालमा देखाउने र प्रचार गर्ने गरेका छैनन।

यसै बीच अभिनेत्री दिपा श्री निरौलाले एक अन्तर्वार्ताको क्रममा अभिनेता हमाल प्रति व्यक्ति गरेको अभिव्यक्तिले चलचित्र नगरीमा बहस सृजना भएको छ । दिपाश्रीले हमाल वासतविक रुपमा महानायक नभएको अभिव्यक्ति दिएकी थिइन । उनको उक्त अभिव्यक्तिसगै दिपाश्री माथि सर्बसाधारण खनिएका छन । त्यसपछि दिपाश्रीले स्पष्टिकरण दिदै माफी समेत मागी सकेकी छन ।

यहि विषय उत्कर्षमा पुगेपछि स्वयम् अभिनेता राजेश हमाल पनि मिडियामा आएका छन । यस विषयमा दिपा श्रीलाई जवाफ पनि फर्काएका छन । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement