भारतको पटनामा १४ वर्षीया नेपाली बालिकालाई मोटरसाइकलमा लगेर सामुहिक ब ला त्कार
काठमाडौँ, २१ जेठ। ६ महिना अगाडी भारत गएकी बालिका ब ला त्कृत भएका छन ।
दिदी र भिनाजुसँगै भारतको बिहार राज्यको राजधानी पटनामा रहेको जीव नगरको शान्तिपुरम कोलोनीमा बस्दै आएकी उनको सोमबार साझ ब ला त्कार भएको थियो । छिमेकीको घरमा सरसफाईको काम गर्ने ति बालिका काम सकेर आफ्नो कोठा फर्किदै गर्दा सुनसान गल्लीमा ढुकेर बसेका आरोपितमध्येका एक रोशन कुमारले ज बर्ज स्ती मोटरसाइकलमा राखेर नजिकैको बन्दै गरेको घरमा लगेको र अन्य पाँच जनासँग मिलेर ब ला त्कार गरेको प्रहरीको अ नुसन्धानमा खुलेको छ ।
ब ला त्कारी ति युवाहरुले विगत देखि नै बालिकाको दैनिकी बिचार गरिरहेको र सहि मौका छोपेर घटना घटाएको प्रहरी अ नुसन्धानमा खुलेको छ । बालिकालाई सामुहिक ब ला त्कार गर्दै गर्दा बालिका रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । सबै आरोपीहरुलाई प्रहरीले पक्राउ गरेर अ नुसन्धान अगाडी बढाएको पटनाको गर्दानीबाग महिला प्रहरी थानाकी प्रमुख आरतीकुमारी जैसवालले बताइन ।