तालिबान र घानीद्वारा तीन दिनका लागि यु द्धविराम घोषणा

इस्लामावाद, ११ जेठ । अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने यु द्धविरामको घोषणा गरेका छन् । मुस्लीम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा यु द्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् ।

आइतबारदेखि लागु हुनेगरी शनिबार राती अबेर दुवै पक्षले यु द्धविराम घोषणा गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड रमजानको समापनको समय आएकाले मुस्लिम बाहुल्यता रहेको अफगानिस्तानमा दुवै पक्षले यु द्धविराम घोषणा गरेका हुन् ।

तालिबान वि द्रोहीको तर्फबाट यु द्धविराम घोषणा गर्दै जारी गरिएको सूचनामा यस अवधिमा कुनै हिं सात्मक घटना आफ्नो तर्फबाट नहुने दावी गरिएको छ । अफगानिस्तानमा विभिन्न वि द्रोही समूह र सरकारी पक्षका विचमा लामो समयदेखि द्व न्द्व चल्दै आएको छ । द्व न्द्वका कारण हजारांैको मृत्यु भइसकेको छ भने त्यो भन्दा धेरै विस्थापित भएका छन् ।

अफगानिस्तानका दुवै पक्षले यु द्धविराम घोषणा गरेकोप्रति संयुक्त राष्ट्रसंघले खुशी व्यक्त गर्दै स्वागत गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यसअघि भएको शान्ति सम्झौतालाई पूर्ण रुपमा पालना गर्न आह्वान पनि गर्नुभएको छ ।

अहिले घोषित यु द्धविरामलाई निरन्तरता दिँदै शान्ति प्रक्रियाबाट अगाडी बढ्नु पर्नेमा उहाँले जोड दिनुभएको छ ।