श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई सेनाले कालिमाटी चोकमा नाङ्गै बनाइयो

आइतबार साँझको ४ बजे, कालिमाटी चोकको सुनसान सडकमा हतारहतार पाइला चाल्दै छन् घनश्याम झा । लकडाउन कार्यान्वयन गराउन भन्दै कालिमाटी चोकमा नेपाल प्रहरी, स’शस्त्र प्रहरी, ट्राफिक प्रहरी मात्र होइन, नेपाली सेना पनि खटिएको छ ।

राष्ट्रिय सुरक्षा हेर्ने जिम्मा सेनाको हो, शान्तिसुरक्षा हेर्ने जिम्मेवारी नेपाल प्रहरीको हो । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय अर्धसैनिक र सैनिक फौज परेड खेलिरहेको छ । तर, सरकारले भर्खरै दार्चुलाको छाङरुमा स’शस्त्र प्रहरी पोस्ट स्थापना गरेको छ । सिमानामा स’शस्त्र प्रहरी पठाएर काठमाडौंको सडकमा सेना किन निस्किएको होला ? घनश्यामजस्ता धेरै नेपाली आश्चर्यमा परेका छन् ।

तर, देशको प्रचलित कानुन, अभ्यास र नागरिकको सरोकारलाई मतलब नगरी लकडाउन सफल पार्न सैनिक सडकमा उतारिएको खबर आजको नयाँ पत्रिका दैनिकमा विनोद विष्टले लेखेका छन् ।

राजधानीका अन्य चोकमा जस्तै कालिमाटीमा पनि कलम र रजिस्टर समातेका सैनिक सडकमा गुडिरहेका सवारीसाधनको सूची बनाइरहेका छन् ।

१२ वर्षे छोरालाई पछि लगाएर हस्याङफस्याङ गर्दै दौडिरहेका घनश्यामलाई कालिमाटी चोकमा उभिएका सैनिकले रोके । उनलाई डोर्‍याउँदै कालिमाटी तरकारी तथा फलफूल बजारसँगैको फुटपाथमा लगे । अनि उनले लगाएको पोसाकको विषयमा केरकार सुरु भयो । घनश्यामले सैनिकको जस्तो देखिने हाफसर्ट लगाएका थिए । पाइन्ट सामान्य रंगको थियो । उनी सैनिकजस्तो देखिने गरी हिँडेका पनि थिएनन् । तर, सेनालाई ‘हाफसर्ट’ आ’पत्तिजनक लाग्यो । उनले सर्ट तत्कालै उतार्न आदेश दिए ।

घनश्यामले श्रीमती वीर अस्पतालमा भएको र आफू उनका लागि रगत लिन सोल्टीमोडस्थित ब्लडबैंक जान लागेको भन्दै ‘मा’फ’ गरिदिन ‘या’चना’ गरे । उनले अस्पतालले ब्लडबैंकलाई लेखेको पत्र पनि देखाए ।

तर, सैनिकले सुनेनन् । घनश्यामले लगाएको कमिज नागरिकले लगाउन नमिल्ने भन्दै उनीहरूले तुरुन्तै खोलेर बाटो लाग्न आदेश दिए । कानुन कार्यान्वयन गर्न सेनाले नागरिकलाई सडकको कुनामा लगेर केरकार गरिरहेको वेला नेपाल प्रहरीका अधिकारी भने टाढै बसेर टुलुटुलु हेरिरहेका थिए ।

यो सब के भइरहेको छ भन्ने नबुझेका घनश्यामले निन्याउरो स्वरमा भने, ‘सर, म ब्लडबैंकबाट रगत लिएर अस्पताल पुर्‍याउँछु, अनि यो ‘सर्ट’ फुकालेर फाल्छु है ।’
तर ब’न्दुकधारी सैनिक गर्जिए, ‘खुरुक्क सर्ट फुकाल ।’

अब घनश्याम निरूपाय भए । उनले सर्ट खोलेर भुइँमा थपक्क राखे । अनि, हिँड्न खोजे ।

नागरिकको इज्जत सडकमै उतारेपछि सैनिक महोदयको चित्त बुझेन । उनले फेरि हकारे, ‘कहाँ हिँड्न खोजेको ? यो लुगा ऊ त्याँ परे डस्टबिनमा हाल्ने ।’

घनश्यामले सर्ट फेरि उठाए, डस्टबिनतर्फ अघि बढे । तर, सर्ट लिएर घनश्याम फरार होलान् जस्तो गरी सैनिकले पहरा दिइरहेका थिए । अलिक पर फोहोर फाल्ने टोकरी थियो । सैनिकले ब’न्दकुको नालले देखाएपछि घनश्यामले आफ्नो लुगा डस्टबिनमा फाले ।

बीचसडकमा ६७ वर्षीय घनश्याममाथि भएको यो दु’र्व्यवहारको साक्षी बनिरहेका थिए उनका १२ वर्षीय छोरा । वृद्ध बाबुलाई बाटोमा साथ दिन आएका थिए बालक छोरा । तर, अनायसै यस्तो आ’पत आइपुग्ला भन्ने अनुमान थिएन ।

सडकमा सैनिक ज्या’दती अवलोकन गरिरहेको मलाई सैनिकले के हो, किन फोटो खिचेको भनेर हप्काउने कोसिस पनि गरे । पत्रकार हुँ भनेर जवाफ दिएपछि उनले परिचयपत्र मागे । सूचना विभागको परिचयपत्र देखाएपछि नम्बर पनि नोट गरे । सडकमा उत्रिएर सैनिकले पत्रकारको परिचयपत्र जाँच गरेको राजा ज्ञानेन्द्रको नि’रंकुश शा’सनमा हो । तर, यो लोकतान्त्रिक गणतन्त्रमा शाहीकालको पुनरावृत्ति भयो ।

उता, घनश्यामलाई ब्लडबैंक जाने हतार थियो, सेन्डो लगाएका बाबुलाई छोराले पछ्याए । बाबुछोरालाई मैले पछ्याएँ । वेलावेलामा सुस्त हिँड्ने छोरालाई अत्याउँदै उनी रेडक्रसको ब्लडबैंक पुगे ।