सहकर्मीले पादेको भन्दै २० करोड क्षतिपूर्ति मागसहित एक इन्जिनियरद्वारा मुद्दा दायर !

एजेन्सी, १३ चैत्र । अष्ट्रेलियाको मेलबर्नमा एकजना व्यक्तिले २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका छन् । पेशाले निर्माण इन्जिनियर रहेका ती व्यक्तिले आफ्नो सहकर्मीले पाधेको भन्दै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका हुन् ।

उनका अनुसार ती आरोपित सहकर्मी हरेक दिन कार्यालय समयमा उनको कोठामा पटक पटक आएर पाद्ने गर्दथे । यसरी बारम्बार पाद्नाले दुर्गन्ध फैलिएको, काम गर्नै अप्ठेरो भएको र आफु प्रताडित भएकोले मुद्दा दायर गर्नुपरेको उनको जिकिर छ । पादका कारण अफिसमा काम गर्ने वातावरण नै नरहेको उनको भनाई छ ।

सहकर्मीको पाद्ने बानीका कारण आफु व्यक्तिगत रुपमा पीडित भएको, कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएको र समाधानको अरु बाटो नदेखेपछि अदालतको ढोका ढक्ढकाउनुपरेको उनको भनाई छ ।

दिनमा ५-६ पटक ती सहकर्मी आफ्नो कोठामा आउने र पादेर जाने गरेको भन्दै उनले त्यसपछि हुने दुर्गन्धलाई कम गर्न आफुले कोठामा सेन्ट छर्किने गरेको बताएका छन् । यो मुद्दाको बारेमा अदालतले आउँदो शुक्रबार अन्तिम फैसला गर्नेछ ।

०००

यो पनि

कस्तो अचम्म ! एक बर्ष मा ७ पटक मात्र खाने !

हामी दिनहुँ कमितमा पनि तिन पटक खानेकुरा खान्छौँ । तर यो दुनियामा एकजना यस्ता युवक छन् जसले एक वर्षमा केवल ७ पटक मात्र खानेकुरा खान्छन्, र पनि स्वस्थ छन् ।

श्रीलंकाका किरबी डे लनेरोले नामका ती युवकले पछिल्लो पाँच वर्षयता वर्षेनी केवल ७ पटक मात्र भोजन गर्ने गरेका छन् । वर्षमा जम्मा ७ पटक खाएर पनि उनले आश्चर्यजनक रुपमा अरु स्वस्थ मानिसले झैँ कामकाज गर्न सकिरहेका छन् । यी युवक खानेकुरामा भन्दा हावा, पानी र सूर्यको प्रकाशमा बढि निर्भर छन्, जसका कारण उनलाई खानेकुराको खासै आवश्यकता पर्दैन ।

किरबीका अनुसार पछिल्लो १० महिनामा उनले केवल ६ वा ७ पटक मात्र खाना खाएका छन् । जबकि सामान्य व्यक्तिले यो अवधिमा ९ सय पटकसम्म खाना खान्छ । तर किरबी भने अरु मानिसले जस्तै खाना खाँदा बिरामी नै हुन्छन् वा धेरै खाना सहन सक्दैनन् । धेरै खाना खानाले उनको सरीर नै अस्वस्थ बन्दछ अरे ।

सूर्यबाट प्राप्त उर्जा नै आफ्नो लागि पर्याप्त हुने दाबी उनको छ । बोटविरुवाले झैँ सूर्यको प्रकाशबाट सरीरलाई चाहिने खाना प्राप्त गर्नसक्ने आफ्नो क्षमतालाई उनी भगवानको वरदान भन्छन् । डाक्टरहरुले समेत किरबीको यस्तो अवस्थाको बारेमा विभिन्न चिकित्सकीय परीक्षण गरिसकेका छन् । तर उनको सरीरमा कुनै असामान्य रोग फेला परेको छैन । एजेन्सी