अभिनेत्री करिश्मा कपूरकी छोरी समायाराले छोटो चलचित्र ‘दौड’ बाट सुरु गरिन् अभिनय यात्रा (भिडियो)

एजेन्सी, ३१ बैशाख । ‘प्रेम कैदी’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् करिश्मा कपूर । उनि अभिनेता रणधिर कपूर र अभिनेत्री बबिता कपूरकी जेठी छोरीको रुपमा जून २५, सन् १९७४ मा भारतको मुम्बइमा जन्मिएकी हुन् । उनि बलिउड चर्चित अभिनेत्री करीना कपुरकी दिदि हुन् ।

करिश्माले बलिउड डेब्यू गर्दा उनी केवल १५ वर्षकी मात्रै थिइन् । उनको फिल्म राजा हिन्दुस्तानी निकै हिट बनेको थियो । उनले दर्जनौ फिल्लमा अभिनय गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

समाचार अनुसार उनकी छोरी समायारा कपूरले पनि बलिउडमा सर्ट फिल्ममा अभिनय गरेकी छिन् । १५ वर्षकी समायराले सर्ट फिल्म ‘दौड’बाट अभिनय यात्रा सुरु गरेको बताइएको छ ।

उनले अभिनय गरेको सर्ट फिल्म ‘दौड’लाई चंकी पाण्डेकी छोरी रियासा पान्डेले निर्देशन गरेकी हुन् । उक्त चलचित्रको समय ७ मिनेटको रहेको छ । चंकी पाण्डेले निर्माण गरेको यस चलचित्रमा उनिसंगै शनाया कपूरको भाई जहान कपूरको पनि अभिनय रहेको छ ।

हेर्नुहोस् फिल्म-