चन्द्रागिरि-९ मा मच्छेगाउँमा एक महिलामा कोरोना संक्रमण देखिएपछि तरकारी विक्री वितरणमा रोक

काठमाडौं, ३१ बैशाख । चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा एक जना महिला कोरोना संक्रमित भेटिएपछि थप कडाइ गरिएको छ । बुधबार बसेको वडाको आकस्मिक बैठकले सार्वजनिक स्थलमा तरकारी विक्री वितरण, अन्य गाडीमार्फत् तरकारी-फलफूल विक्री वितरण तथा निर्माण सामग्री ढुवानीमा समेत रोक लगाउने निर्णय गरेको हो ।

यसका साथै, बैठकले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ । बाहिरै निस्कनु परे मास्क लगाएर मात्र हिँड्डुल गर्न वडाले आग्रह गरेको छ । मंगलबार काठमाडौं र भक्तपुरका तीन जनासहित ८३ जना कोरोना संक्रमित भेटिएका थिए । त्यस्तै बुधबार पनि थप दुई जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

संक्रमण बढेसंगै लकडाउनलाई खुकुलो बनाउन नहुने विज्ञहरुको तर्क छ ।