स्वास्थ्य अवस्था गम्भीर भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आइसीयुमा सारियो (भिडियोसहित)

– कृष्णप्रसाद शर्मा

लण्डन, चैत २५ । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहनुभएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुग्नुभएको थियो । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उहाँलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।

नियमित जाँचका क्रममा स्वास्थस्थिति थप गम्भीर भएपछि उहाँलाई सोही अस्पतालको सघन उपचारकक्षमा सारिएको छ । प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङका अनुसार प्रधानमन्त्री जोन्सन यही आइतबार साँझदेखि अस्पताल भर्ना हुनुभएको थियो । विस्तारै स्वास्थ्य अवस्था बिग्रँदै गएपछि निकै गम्भीर स्थिति हुँदा उपचारमा संलग्न चिकित्सकको टोलीको सल्लाह र निगरानीमा हुनुहुन्थ्यो । सोमबार दिउँसोदेखि उहाँलाई सघन उपचारकक्षमा सारिएको बताइएको छ ।

उहाँले आफ्ना विदेशमन्त्री डोमिनिक राबलाई आवश्यक ठाउँमा भूमिका निभाइदिन अनुरोध पनि गर्नुभएको छ । तर यसको अर्थ उहाँले कार्यवाहकका रूपमा जिम्मेवारी दिएको भने होइन । अवस्था अझै गम्भीर बनेमा भेन्टिलेटरमा राख्ने तयारी पनि गरिरहेको उपचारमा खटिएको टोलीले जनाएको छ ।

भिडियो हेर्नुहोस :

०००

यो पनि

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७४ हजार नाघ्यो : अमेरिकामा मात्र ३ लाख ६७ हजार संक्रमित, करिब ११ हजारको मृत्यु

काठमाडौँ, २५ चैत्र । कोरोना भाइरस कोभिड-१९ को संक्रमितको संख्या विश्वभर १३ लाख ४६ हजार ५ सय ६६ पुगेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर ज्यान गुमाउनेहरुको संख्या ७४हजार ६ सय ९७ पुगेको छ । भने २ लाख ७८ हजार ६ सय ९५ निको भएका छन ।

सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिले सम्म ३ लाख ६७ हजार ४ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि १० हजार ८ सय ७१  पुगेको छ ।

सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ३६ हजार ६ सय ७५ र १ लाख ३२ हजार ५ सय ४७ जनामा संक्रमण देखिएको छ ।

विश्वमा सबै भन्दा बढी ज्यान गुमाउने देश भने इटाली रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १६ हजार ५ सय २३ ले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने दोश्रो देश स्पेन रहेको छ । जहाँ १३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ ।

छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म १३६ जनाको ज्यान गइसकेको छ । भने संक्रमितको संख्या ४ हजार ७ सय ७८ पुगेको छ ।

नेपालमा पनि ९ जनालाई कोभिड-१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन ।

पुरा देशको तालिका तल हेर्नुहोस :