धनकुटामा चैत २५ गतेसम्म निषेधाज्ञा जारी रहने

धनकुटा, १९ चैत । धनकुटा सदरमुकाममा निषेधाज्ञा एक साता लम्बिएको छ । लकडाउनलाई प्रभावकारी बनाउन आगामी २५ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

कोभिड–१९ को सम्भावित संक्रमणबाट बच्न लागू गरिएको लकडाउन सर्वसाधारणले उल्लंघन गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले सं’क्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिक निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

निषेधाज्ञाका बेला अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न तथा सवारी साधन चलाउन रोक लगाइएको छ । प्रशासनबाट स्वीकृति लिएका गाडी भने चल्न पाउँने छन् ।

यस्तै औषधि तथा स्वास्थ्य उपकरण, तरकारी, दूध, इन्धन, खाद्यवस्तु र फलफूलका पसल पनि खोल्न पाइन्छ ।