मास्क लगाएरै होली, मज्जा आयो त !

काठमाडौं, २६ फागुन । कोरोना भाइरस संक्रमणको त्रासका बीच उपत्यकासहितका विभिन्न स्थानमा आज फागु पूर्णिमा(होली) मनाउने कार्य जारी छ । तर होली मनाउन सडकमा निस्केकाहरुले मास्क लगाएको देखिएको छ ।

कोरोनाको त्रास र प्रशासनको आग्रह अनुरुप काठमाडौं उपत्यकामा यसपटक होली शान्त देखिएको छ । गत वर्षहरुमा जस्तो सडकहरुमा रंगले पोतिएका र समूहगत रुपमा होली मनाउने मानिसहरुको संख्या निकै कम देखिएको छ ।

यद्धपी राजधानीको बसन्तपुरमा भने होली मनाउने स्वदेशी तथा विदेशीको संख्या उल्लेख्य देख्न सकिन्छ ।