महान छोरी ! सांसद उषाकला राई कपाल मुण्डन गरेर आमाको किरियापुत्रीमा बासिन (भिडियो)

काठमाडौँ। प्रदेश नम्बर १  नेकपाका सांसद नेतृ उषाकला राईको आमाको निधन भएको छ । राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो ।

आमाबुवाको निधन पछि राईले कपाल मुण्डन गरेर छोरा सरह काजकिरियामा बसेकि छिन् । सांसद राईका आफ्ना दाजुभाइ छैनन् । उनका यस्तो महान काम प्रति सामाजिक सञ्जाल सबैले सलाम गरेका छन्। उषाका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले उषाको कामलाई महान् भनेका छन् । सामाजिक सञ्जालमा तस्बिर हाल्दै लेखेका छन्, ‘साँच्चै महान् हुनुहुन्छ ।’