हवाई इन्धनको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?

काठमाडौँ, २६ पुस । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले हवाइ इन्धनको मूल्य घटाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले केहिदिन अघि इन्धनको मूल्य घटाउने घोषणा गरेकोमा आजैबाट लागू हुनेगरि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

यसअघि प्रति लिटर १०४ रुपैयाँ ५० पैसा रहेको हवाइ इन्धनमा १० रुपैंया घटेसँगै अब इन्धन भर्नुपर्दा ९४ रुपैयाँ ५० पैसा प्रतिलिटर तिर्नुपर्ने निगमले जनाएको छ । पेट्रोल तथा डिजेलको मूल्य निरन्तर घटाएर समायोजन गरिरहेको अवस्थामा आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य पनि घटाउन थालिएको मन्त्री यादवले बताए ।

उनका अनुसार पेट्रोलको मूल्य धेरै घटाउनुपर्ने भए पनि दशैँको समयमा लागेको घाटा मिलाउनका लागि कम घटाइएको र उक्त घाटा रकम उठेपछि पेट्रोलको मूल्य धेरै घट्नेछ ।