अष्ट्रेलियाको नदीमा पौडी खेल्ने क्रममा फेरी अर्का एक नेपाली विद्यार्थी बेपत्ता !

सिड्नी अष्ट्रेलिया, २६ पुस । अष्ट्रेलियामा समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको दुई साता नबित्दै फेरी अर्का नेपली बिद्यार्थी बेपत्ता भएका छन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्सको अल्बरीको नदीमा खेल्ने क्रममा २१ वर्षीय नेपाली विद्यार्थी बिगुल पण्डित बेपत्ता भएका हुन् ।

नेपालको तनहुँ स्थायी घर भएका पण्डित चार्ल्स स्टुर्ट युनिभर्सिटीमा एकाउण्टिङ कोर्स अध्ययन गर्न दुई वर्ष अगाडि अष्ट्रेलिया आएका थिए ।

घटना दुखद भएको भन्दै क्यानबेरामा रहेको नेपाली दूतावासले घटनाबारे यकिन जानकारी लिने प्रयास भईरहेको बताएको छ ।

बिगुल बेपत्त हुनुभन्दा करिब दुईसाताअघि मात्र एडिलेडमा बस्दै आएका नेपाली विद्यार्थी निश्चल घिमिरेको समुन्द्रमा डुबेर मृत्यु भएको थियो ।