सलाम उषाकला राईलाई, छोरा सरह आमाको किरियापुत्री बस्ने पहिलो नेत्री (फोटो सहित)

काठमाडौं, २६ पुस । नेपाल जस्तो पितृसत्ता मुलुकमा महिलालाई अझै पनि पुरुष सरह मानिदैन । भनाई र कितावमा भनीए पनि ब्यबहारमा त्यो देखिदैन । तर नेतृ उषाकला राईले भने आफु छोरी भए पनि छोराको जस्तै भूमिका निभाएकी छन । प्रदेशसभा सांसद समेत रहेकी  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको किरियापुत्री बसेकी छिन् ।

उपचारको क्रममा आफ्नी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएपछी पुरानो मान्यता तोडेर किरिया बसेकी हुन् । हाम्रो समाजमा परम्पराअनुसार दिवंगत आमाबुवाको काजकिरिया छोराले गर्ने प्रचलन छ । माननीय राईको कुनै पनि दाजुभाई भने छैनन् ।

उषा राईको यो कदमलाई उनका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङलेपनि महान भएको बताएका छन । आफ्नो सासुआमाको निधन भएपछी आफ्नो श्रीमतीले निभाएको छोरा सरहको भूमिकालाई सलाम गर्दै तामाङले यस्तो लेखेका छन :

‘उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।”

सांसद राई अब ५ दिनसम्म काठमाडौंमा क्रियापुत्री बस्ने र खोटाङ जन्मघर जाने बताइएको छ ।