लेगानेसमाथि रियल मड्रिडको शानदार जित

काठमाडौं, २६ पुस । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत गए राति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई पराजित गरेको छ ।

आफ्नै घरेलु मैदानमा भएको कोपा डेल रे फुटबलको पहिलो लेगमा रियलले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

रियलको जितमा सर्जियो रामोस, लुकास भाजक्वएज र भिनिसियस जुनियरले गोल गरे ।

खेलको ४४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रामोसले रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

खेलको ६८औं मिनेटमा भाजक्वएज र ७७औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३-० गोलको जित दिलाएका हुन् ।