परराष्ट्रमन्त्री ज्ञवाली आज भारत प्रस्थान गर्ने

काठमाडौं, २६ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज छिमेकी देश भारत जाने कार्यक्रम तय भएको छ ।

मन्त्री ज्ञवाली रायसिना संवादमा सहभागी हुन आज भारतको राजधानी नयाँ दिल्ली तर्फ जान लागेका हुन् ।

अब्जर्भर रिसर्च फाउण्डेशन र भारतीय विदेश मन्त्रालयको सहकार्यमा रासयिना आयोजना भएको संवादको यो चौथो संस्करण हो । चौथो संस्करणको यो कार्यक्रमको विषय ‘अ वर्ल्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ तय भएको छ ।

मन्त्री ज्ञवालीले पनि कार्यक्रममा सहभागी जनाउंदै उक्त विषयमाथि आफ्नो धारणा राख्नेछन् ।

यसका अतिरिक्त मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग पनि छलफल गर्ने बताइएको छ ।