चर्चित डान्स रियालिटी शो ’डान्स प्लस ४’को टप १० मा पुग्न सफल एक मात्र नेपाली युवक सुजन स्टेज मै धरधरी रोए, तर त्यो आशु खुसीको थियो, नेपालबाट आएको खुसि – हेर्नुहोस

काठमाडौँ। भारत कै ठुलो डान्स रियालिटी शो ’डान्स प्लस ४’मा नेपाली प्रतिस्पर्धी सुजन मार्फा तामाङले एक पछी अर्को धमाकेदार प्रस्तुति मात्र दिएका छैनन् उनले जजेज देखि दर्शक श्रोताको पनि मन जित्न सफल भएका छन ।

हजारौ प्रतिष्पर्धीलाई पछी पार्दै सुजन अहिले टप १० मा पुगिसकेका छन भने अब उनको संघर्ष फाइनलका लागी रहेको छ । यसै बेला अर्को खुसीको खबर पनि आएको छ । गत आइतबार प्रसारण भएको इपिसोडमा जज रिमो डिसुजाले सुजनको सबै ऋण तिरिदिने घोषणा गरेका थिए । सुजनले आफ्नो डान्स एकेडेमी खोल्दा धेरै ऋण लागेको थियो ।

धेरै समय डान्स प्रतिष्पर्धामा भारतमा रहेका सुजनलाई डान्स प्लसको टिम नेपाल आएर आमाको संदेश भारत लगेर सुजनलाई सुनाएका थिए । त्यो देखेर सुजन निक्कै भावविह्वल भएका थिए । गह भरि आशु पारेर रुदा स्टेज नै स्तब्ध भएको थियो ।

सुजन संगै अन्य नेपाली प्रतिस्पर्धी पनि डान्स प्लसमा पुगेका थिए तर कोही टप ३० र टप १२ बाट बाहिरी सकेका छन् । सुजन यसभन्दा अघि पनि भारतकै चर्चित डान्स रियालिटी शो ’डान्स इन्डिया डान्स’को टप १० सम्म पुगेका थिए ।