के तपाइको जाडोयाममा हात खुट्टा फुट्ने समस्या छ ? यो उपाय अपनाउनुहोस् निको हुन्छ

काठमाडौं – जाडोयाममा सबै उमेर समूहका मानिसको हातखुट्टा फुट्ने तथा सुख्खा हुने गर्छ । हात खुट्टाको सौन्दर्यता नै हराउने गरी फुट्ने गर्छ । यसबाट बच्न केही उपायहरु छन् ।

छालामा सुक्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमित मोस्चराइजर गर्नुपर्छ ।

हातमा रासायनिक औषधिको सट्टा प्राकृतिक वस्तु प्रयोग गर्नु उत्तम हुन्छ ।

ग्लिसिरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्रिजमा राख्ने र कुनै काम गर्नुअघि यो मिश्रणलाई हातमा मसाज गर्दा फाइदा पुग्छ ।

दूध र सुन्तलाको रससँग मह मिसाएर सुक्खा वा फुटेको छालामा लगाउन मोस्चराइचर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुक्खापन कम गर्दछ ।

विशेषगरी जाडोयाममा पानीको कमीका कारण सुक्खापन आउने भएकाले दैनिक रूपमा सात–आठ गिलास पानी पिउनु आवश्यक हुन्छ । हरेक बिहान तातोपानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ ।