‘डाइरेक्ट थ्रो’मा पनि विकेट लिएर सन्दीपले बटुले कमेन्टेटरको प्रशंसा !

काठमाडौं, २५ पुस । अष्ट्रेलियापछि डाइरेक्ट बंगलादेश आएका युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिपिएल) मा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

बिपिएलमा उनले गरेको उत्कृष्ट प्रदर्शनलाई कमेन्टेटरले प्रशंसा गरेका छन् । ४ ओभर बलिङ गरेका सन्दीपले २१ रन मात्र खर्चे ।

सन्दीपले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरिसकेका दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर क्यामरन डेल्पोर्टलाई उत्कृष्ट फिल्डिङ गर्दै ‘डाइरेक्ट थ्रो’ मार्फत रन आउन गर्न सफल भए । इनिंगको आठौँ ओभरमा सन्दीपले डेल्पोर्टलाई रन आउट गराउँदै पेभिलोन फर्काएका हुन् ।

आज भएको खेलमा लामिछाने सहभागी टिम सिलहेट सिक्सर्स विजयी भएको छ । सिक्सर्सले चिट्टागोङ्ग भिकिङ्गस्लाई ५ रनले पराजित गरेको हो ।

सिलहेटले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा चिट्टागोङ्गले १६३ रन मात्र बनाउन सक्यो ।