सरकारलाई दिएको अल्टिमेटम समय सकिएपछि इलाम पुगेर डा. केसीले १६ औं अनसन सुरु गरे

काठमाडौं,२५ पुष । ईलाम पुगेर अनसन एक साताको लागि स्थगित गरेका डा.गोविन्द केसीले ६ बुँदे माग राख्दै १६ औ सत्याग्रह (अनसन) सुरु गरेका छन् । सरकारपक्ष र आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसी आमरण अनसनमा बसेका छन् ।

बुधबार इलाममा पत्रकार सम्मेलन गरी ५ बजेदेखि १६ औं अनसन सुरु गरेको बताएका छन् । केसी इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसन बसेका छन् ।

केसीले ६ बुँदे माग राख्दै सत्याग्रह सुरु गरेका हुन् । उनले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते सरकारसँग भएको सम्झौताअनुसार अक्षरश संशोधन गरेर चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न माग गरेका छन् ।