‘भजाइनल स्वाव’ माथि शंका, निर्मला पन्तकी आमा पुगिन अस्पताल

काठमाडौं, २५ पुस । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको दोषी पत्ता लगाउन अर्को तरिकाले अनुसन्धान हुदै । निर्मला पन्तको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाव’ माथि प्रश्न उठेपछि वैधानिकता जाँच्नका लागि उनकी आमाले नमुना रगत दिएकी छन् ।

महिनौ बित्दा सम्म कंचनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेपछि प्रहरी प्रसाशन र सरकारलाई टाउको दुखाईको विषय बनेको छ । निर्मलाकी आमा दुर्गादेवीले बुधबार दिउँसो महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको सेम्पल दिएको स्रोतले बतायो । यस अघि पन्तको हत्यामा संलग्न भनेर पक्राउ गरिएका केहि व्यक्तिको डीएनए टेस्ट त्यहि ‘भजाइनल स्वाव’ संग म्याच भएको थिएन ।