रेशम चौधरी नाम मात्राको सांसद : सपथ गराए पनि केहि सुविधा नपाउने !

काठमाडौँ, २५ पुस । प्रतिनिधि सभाको आज बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहेका कैलालीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई सपथ गराए पनि संसद्को सेवा सुबिधा नपाउने बताएका छन् ।

चौधरीलाई यही पुस १९ गते शपथ गराएको र शपथपछि पुनःथुनामा रहेको जानकारी गराउदै महराले कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने बारेमा सदनलाई
जानकारी गराएका हुन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा भने संसदले मनमा लागेका जिज्ञासा सरकारसमक्ष प्रस्तुत गर्न अनुमति पाएका थिए । अब अर्काे बैठक यही पुस २९ गते दिउँसो १२ बजे बस्नेछ ।