सरकारले चाल्यो कडा नियम : खटाइएको २१ दिनभित्र कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने !

काठमाडौँ , २५ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदा गरिने बताएका छन् ।

मन्त्री पण्डितले कर्मचारी समायोजमा कडाई गर्ने प्रतिबद्धता जाहेर गर्दै मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच यस्तो बताएका हुन् ।

मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको संघीयता, स्थानीय सरकार र प्रशासन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले देशको जुनसुकै स्थानमा गएर काम गर्न तयार छु भनेर शपथ खाएका कर्मचारीले खटाइएको ठाउँमा जान्न भन्न नमिल्ने बताएका छन् ।