१० बर्षकी आफ्नै छोरीलाई बलात्कार गर्ने बावु जेलमा, राजदुत लक्की शेर्पावारे थप खुलासा

काठमाडौँ । बाबु, सन्तानको पहिलो रक्षक, पहिलो गुरु अथवा सवैथोक । तर सबै छोराछोरीले बाबुको पहरेदारी र माया नपाउँदा रहेछन् । मायाको के कुरा आफ्नै बाबु दानव निस्किए पछिको पीडा कस्तो हुन्छ बुटवलकी १० बर्षीया बालिकाले डेढ बर्षदेखि भोग्दै आएकी छन् ।

लामो सयमदेखि रोजगारीका लागि विदेश बसेका गुल्मीका दिलबहादुर गैरे डेढ बर्ष अघि घर फर्किए । बाबु घर फर्किएपछि खुसी भएकी बालिकाको खुसी धेरै दिन टिकेन ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पालाई बर्खास्त गरेको भनि मंलगबार दिनभरी समाचारहरु आईरहे । हामीले बुझ्न खोज्दा मन्त्रीपरिषद देखि परराष्ट्र मन्त्रालयसम्मका कसैले पनि यो समाचारलाई पुष्टी गरेनन् ।

अनि मंगलवार साझ तिर राजदुत लग्की शेर्पालाई राजीनामा गर्ने पार्टी नेतृत्वले दवाव दिएपछि उन्ले राजीनामा गरेको भन्ने समाचार पनि आईरहे । त्यसलाई पनि कसैले आधिकारिक पुष्टी गरेन् ।

  • न्युज२४नेपालबाट