चिरपट प्रहार गरी श्रीमतीको हत्या गरेको छ

धम्बोझी, २४ पुस | बर्दियाको गुलरिया नगरपालिका–५ कृष्णनगर टोलमा एक युवकले आफ्नी श्रीमतीलाई चिर्पटले टाउको हानि सोमबार राति हत्या गरेका छन् ।

अन्दाजी ३० वर्षीय मोहन बोहराले श्रीमती सुष्मा कुँवरलाई राति ११ बजेतिर चिर्पट प्रहार गरी हत्या गरेका हुन् । बुटवलस्थित जबरगणमा कार्यरत सैनिक जवान बोहराले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीको हत्यापछि भागेर भारततर्फ जाँदै गर्दा बोहरालाई प्रहरीले राति मधुवन नगरपालिकाको सानोश्रीमा पक्राउ गरेको थियो । बोहराका आमा मैयाँ र बुबा टीकारामको समेत हत्यामा संग्लनता रहेको स्थानीयवासीको आरोप छ । रासस