आईएस लडाकूको आक्रामणमा ३२ जना सिरियाली लडाकू मारीए !

बेरुत, २४ पुस । आईएस लडाकूहरुको आक्रामणमा परी सिरियाली लडाकू समूहका ३२ जना लडाकूको ज्यान गएको छ ।

अमेरिकी सहयोगमा सिरियन डेमोक्र्याटिक फोर्सेस (एनडीएफ) का ती ३२ जना लडाकू अमेरिकी सरकारको सहयोगमा सङ्घर्षरत् थिए ।

सिरियाली सैनिकका विरुद्धमा आईएस लडाकूले सङ्घर्ष जारी राखेका छन् ।

आइतबार सिरियाको युफारेट्स उपत्यकामा ती लडाकूका विरुद्ध आईएसले हमला थालेका थिए । त्यस क्रममा कट्टरपन्थी आईएसका पनि नौ जनाको ज्यान गएको बताइएको छ ।

सो उपत्यकामा कमजोर मौसमको फाइदा उठाउँदै जिहादीहरुले हमला गरेको समाचारमा जनाइएको छ ।

आइतबार अपराह्न भएको सो हमलाका क्रममा अरू पनि कैयौँ लडाकू घाइते भएको अधिकारीहरुले बताएका छन् ।