जाडोमा हात खुट्टा फुटेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस

एजेन्सी । चाहे बृद्ध हुन या युवा खुट्टा फुट्ने समस्याले सताएको नै हुन्छ । यसरी खुट्टा फुट्दा बाक्लो अनि कडा सेतो छालाको लेउ जम्ने गर्दछ । कतिपयको रगत आउने पनि समस्या देखिन थाल्छ । सबैले यसलाई खुट्टा तथा कुुर्कुच्चा फुटेको भनेर परिभाषित गरेपनि वास्तवमा यो कुर्कुच्चा फुटेको भने पक्कै पनि होईन । यो शरीरको प्रतिरक्षा प्रणलि भएकाले समयमै यसको सरसफाई गर्नु आवस्यक हुन्छ । यसलाई हेलचेक्रयाई गरेमा यसले बिकराल रुप लिएर निको नै नहुनेगरी त्यहिँ टाँस्सिएर बस्न सक्छ ।

जब कुनै समयमा हाम्रो नरम छाला अर्को कुनै कडा बस्तुसंग नियमित रुपमा घर्षण गर्न पुग्छ त्यसपश्चात हाम्रो छालाले आफ्नो प्रतिरक्षाका लागि एउटा कडा छालाको रक्षात्मक बाँध निर्माण गर्दछ । जसलाई ‘क्याल्स’ भनिन्छ । बिशेषगरी यो हात तथा खुट्टाहरुमा आउने गर्दछ ।

यस्तो कडा प्रकारको छालालाई तुरुन्त हटाउन निकै समस्या पर्न सक्छ । तर चिकित्सा सास्त्रको सहयोगमा असम्भब भने छैन् । तर महंगो चिकित्सा शास्त्रभन्दा घरेलु सस्ता तथा भरपर्दा उपायहरु लिएर आएका छौ जुन हात तथा खुट्टाका क्याल्सलाई हटाउन सहयोग गर्दछ ।
१. चिनी

एउटा सफा भाँडामा आधा ग्लास जति चिनी राख्नुहोस्, सो भाँडामा चिनिको आधाभाग जती मनतातो पानी, ग्लिसिरिन, शुद्ध तरिवलको तेल तिन मध्ये कुनै एक मिसाउन सक्नुहुनेछ । सो मिश्रणलाई घोलेर बाक्लो लेदो बनाउनुहोस् । यस्तो मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुनेछ ।

यस्तो मिश्रणलाई दैनिक रुपमा ‘क्याल्समा’ दैनिक रुपमा लगाउनाले फुटेको छाला तथा हात–खुट्टालाई मुलायम तथा सफा बनाउन सहयोग गर्दछ ।
२. भुइँकटहर

भुइँकटहर तास्दासाथै त्यसको बोक्राले फुटेको छालामा प्रयोग गर्नाले फुटेको छाला तथा कुर्कुच्चालाई नरम बनाउछ । सो बोक्राले पूर्ण रुपमा तपाईको फुटेको भागमा पूरै छोप्नुहोस् र माथिवाट सफा तथा नरम कपडाले बाँध्नुहोस् । बाँधेको केही घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् । १ हप्तासम्म दैनिक प्रयोग गर्नाले भुइँकटहरका भएको बोक्रामा पाईने इन्जाइम र एसिडको कारणले फुटेको स्थानमा निको बनाउन सहयोग गर्दछ ।
३. मनतातो पानी

मनतातो पानीमा खुट्टा भिजाउने गर्नाले यसले प्रभावकारी तरिकाले काम गर्दछ । यस्तो प्रकारको प्रयोग नियमित गर्नाले छाला नरम हुनुका साथै फुट्ने तथा ‘क्याल्स’ जम्ने संभावना हुदैन् । यसका साथसाथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर खुट्टा डुवाउने गरेमा पनि खुट्टा फुट्ने समस्या समाधान हुन्छ । –एजेन्सी