प्युठानको स्वर्गद्वारी नगरपालिकाका मेयर रोकायलाई भ्रष्टाचारमा मुछिएको भन्दै विप्लवले कालोमोसो दल्यो

काठमाडौँ,२४ पुष। विप्लवले प्युठानको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई कालोमोसो दलेको छ ।

जिल्लाकै सबैभन्दा भ्रष्ट मेयर भन्दै रोकायलाई कालोमोसो दलिएको नेकपाको भनाइ छ। भ्रष्टाचारमा मुछिएको भन्दै रोकायलाई कालोमोसो दलेको नेकपा जिल्ला कमिटि प्युठानले विज्ञप्ति समेत निकालेको छ। पहिलो चरणको कारबाही भन्दै विप्लवले विज्ञप्तिमा उल्लेख गरेको छ।