इन्जिनियर दम्पती हिटरमा जलेर ज्यान गुमाएको घटना सेलाउन नपाउँदै काठमाडौको टोखामा हिटर पड्किँदा एक घर जलेर नष्ट

काठमाडौंको – कलंकीमा एक इन्जिनियर दम्पती हिटरमा जलेर ज्यान गुमाएको घटना सेलाउन नपाउँदै काठमाडौको टोखामा हिटरले एक घर जलेको छ । अनलाइन खबर डटकममा प्रकाशित समाचारअनुसार काठमाडौंको टोखा–११, भण्डारी टोलीमा आगो ताप्ने हिटर पड्किँदा आगलागी भएको छ ।

मंगलबार बिहान स्थानीय मुकुन्दराज घिमिरेको घरमा आगलागी भएको हो । आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन । जाडोमा बढी मात्रामा प्रयोग हुने इलेक्ट्रिक हिटर । बजारमा रु ९ सयदेखि ३ हजार सम्ममा विभिन्न ब्रान्डका हिटरहरु पाइन्छन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार घरमा एक्कासि हिटर पड्किँदा आगलागी भएको थियो । घटनामा लत्ताकपडा, टीभी, ग्याँसचुसो लगायत जलेर करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

जाडोमा हिटर, ग्यास गिजर लगायतका सामाग्रीहरुले प्रयोग गर्दा सावधानी अपनाउन जरुरी छ नभ भने जाडो छल्न घरमा भित्र्याइएका यीनै सामाग्रीहरुले तपाइको ज्यान समेत लिन्छन् । यसबारेमा हामीले यस्ता सामाग्री प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीको विषयमा एउटा पोष्ट लेखेका छौं ।