हिमालय वृद्धाआश्रमका वृद्धाहरूलाई नि:शुल्क स्वास्थ्य परिक्षण

काठमाडौँ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौँ टोखा नगरपालिका ९ हिमालय वृद्धाआश्रम गोगंबुमा रहेका वृद्धाहरूलाई नि:शुल्क स्वास्थ्य चेकजाँच सम्पन्न भएको छ।

उक्त स्वास्थ शिविरमा नेपाल प्रहरी अस्पतालका चिकित्सक तथा अन्य स्वास्थकर्मीहरुले हिमालय वृद्धाआश्रम रहेका वृद्धाहरूलाई स्वास्थ सेवा उपलब्ध गराएका थिए।

सो स्वास्थ चेकजाँचमा २१ महिला तथा ११ पुरुष गरी जम्मा ३२ जना वृद्धाहरूले स्वास्थ सेवा लिएका थिए।