ऋतिक रोशनका पिता तथा चलचित्र निर्माता राकेश रोशनलाई पनि छोडेन क्यान्सरले !

एजेन्सी, २४ पुस । बलिउड कलाकारहरु एक पछि अर्कोलाई क्यान्सर लागिरहेको खबर बाहिरिएको छ ।

पहिलो मनिषा कोइराला र त्यसपछि सोनाली बेन्द्रे हुँदै अहिले बलिउड अभिनेता ऋतिक रोशन बुबा तथा चलचित्र निर्माता राकेश रोशनलाई क्यान्सर लागेको खबर बाहिरिएको हो ।

ऋतिकले आफ्नो इन्स्टाग्राम मार्फत बाबु राकेश रोशन क्यान्सरसँग लडिरहेको खुलासा भन्दै इन्स्टाग्राममा आफ्नो पिताको तस्विर पनि पोष्ट गरेका छन् ।

जिमको तस्विर सँगै ऋतिक लेख्छन्,”सर्जरीको दिन पनि जिम नछोड्ने मेरो पिता वास्तवमै सबै भन्दा बलियो पुरुष हुनुहन्छ । केहि हप्ता अगाडी मात्रै घाँटीमा Squamous Cell Carcinoma भएको पत्ता लागेको हो। आज उनी पूर्णआत्मबल साथ क्यान्सरसँग युद्धको तयारी गर्दैछन् । परिवारको हैसियतमा उनी जस्तो बहादुर अगुवा पाउनु हाम्रो लागि धेरै गर्वको कुरा हो ।”

Squamous Cell Carcinoma भन्नाले एक प्रकारको क्यान्सरलाई बुझ्ने गरिन्छ । राकेशलाई शुरुवाती स्टेजको क्यान्सर भएको बताउँदै ऋतिकले आजै सर्जरी रहेको जानकारी गराएका हुन् ।