तीन वान डे श्रृंखलामा न्युजिल्यान्डद्वारा श्रीलंका क्लिनस्विप

एजेन्सी, २४ पुस । श्रीलंकासँगको तीन वान डे श्रृंखलामा न्युजिल्यान्डले श्रीलंकालाई क्लिनस्विप गरेको छ ।

घरेलु टोली न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा मंगलबार श्रीलंकालाई १ सय १५ रनको फराकिलो अन्तरले हराउँदै ३–० श्रृंखला जितेको हो ।

यसअघि न्युजिल्यान्ड पहिलो खेलमा ४५ र दोस्रोमा २१ रनले विजयी भएको थियो । ३ सय ६५ रनको विशाल लक्ष्य पक्ष्याएको श्रीलंका ४२ औं ओभरमा सबै विकेट गुमाएर २ सय ४९ रनमा समेटियो । श्रीलंकाका थिसेरा परेराले ६३ बलमा ७ चौका र ३ छक्का गर्दै ८० रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

घरेलु मैदान निलसनमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा रोश टेलर र हेनरी निकोलसको सानदार शतकमा मात्र ४ विकेटको क्षतिमा ३ सय ६४ रन जोडेको थियो । हेनरी निकोलसले मात्र ८० बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै १ सय २४ रनमा नट आउट रहे । रोश टेलरले १ सय ३१ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै १ सय ३७ रनको योगदान दिए ।

त्यस्तै ओपनर कोलिन मुनरोले २१ र कप्तान केन विलियम्सनले ५५ रन बटुले । श्रीलंकाका लागि कप्तान लाथिस मलिङ्गाले ३ विकेट लिए ।

अव श्रीलंका र न्युजिल्यान्डबीचको एक मात्र टी–२० खेल आगमी ११ जनवरीमा हुने छ ।