भोलिको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसले छलफल गर्दै

काठमाडौँ , २४ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसिरहेको छ ।

बुधबार संसद बैठकमा प्रस्तुत हुने विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बसिरहेको हो ।

आईतबार संसदमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि बाँकी कार्यसूचीमा प्रवेश नगरीनै बैठक स्थगित भएको हो । कांग्रेसका सांसदहरुले बैठक संचालनमा अवरोध पुर्याएपछि संसदमा तनावको स्थिति सिर्जना भएको थियो ।

कांग्रेसले प्रधानमन्त्री ओलीले रखेका भनाईमाथि आफूहरुले प्रश्न गर्न पाउनुपर्ने माग गरेपछि सभामुख महराले सिमित संख्यामा मात्र बोल्नुपर्ने र समय जम्मा १ मिनेट छुट्याउने बताएपछि उनीहरु थप आक्रोशित बनेका थिए ।