एसियाका ३० वर्ष मुनिका ३० प्रतिभाशाली युवाको सुचिमा पर्न सफल नेपालका सुर्य कार्की ग्रामीण क्षेत्रमा विद्यालय निर्माण गर्दै (भिडियो सहित)

काठमाडौं – प्रतिभाशाली र धनीका कुरा बेच्ने फोब्समा तेस्रो विश्वका युवाहरुको खबरले विरलै स्थान पाउँछन् । त्यही फोब्सले जारी गरेको एसियाका ३० वर्षका ३० प्रतिभाशाली युवाहरुको सुचिमा पर्न सफल व्यत्ति हुन् सुर्य कार्की ।

उनी आफ्नो करिअर शुन्यबाट शुरु गरेर निरन्तरको मेहनत र परिश्रम पछि आशा लाग्दो युवा अनुहारमा फोब्समा अटाएका हुन् । संखुवासभाको मादी मुलखर्कमा जन्मेका कार्कीले अमेरिकाको कलेज अफ एटलान्टबाट सस्टेनेबल विजनेस एवं डेपलभमेन्ट इकोनोमिकमा व्याचलर र चिनको तासिङहुवा यनिर्भिसटीबाट म्यानेजमेन्ट अफ इकोनोमिक एण्ड विजनेश मा मास्र्टस गरेका छन् ।

कार्की दियालो फाउडेसन तथा युनाइटेट स्कुलका संस्थापक एवं निर्देशक हुन् । युनाइटेट वल्ड स्कुल यूके संग ५ वर्षे सम्झौता गरी २०२० सम्म जम्मा ३५ वटा सामुदायिक विद्यालय निर्माण गरी करिब ३५ हजार विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छन् । शैक्षिका जागरण ल्याउन अमेरिका छाडेर नपाल फर्किएको बताउने कार्की नेपालमा सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरामा ढुक्क छन् ।

अमेरिकामा राम्रो जागिर खादै गरेका कार्कीलाई किन नेपाल नै प्यारो भयोे त ? शहर भन्दा गाउ नै किन रोज्नु भो त? अहिलेसम्म कतिवटा विद्यालयहरु तपाइको व्यवस्थापनमा सञ्चालनमा छन् ? सामुदायिक विद्यालयलाई कसरी आफ्नो मोडलमा ढाल्नु हुन्छ ? सामुदायिक विद्यालयको गुणस्तर कमजोर हुनुको कारण के हो ? अबको योजना के छ ? यी र यस्तै विषयमा गरिएको कुराकानी…

भिडियो हेर्नुहोस्