दिल निशानी मगर फेरी विवादित बने : पहिले भने ‘भाउजु स्याहार्छु’, फेरि भने ‘भाउजु भनेको मिना ढकाल’

काठमाडौं, २४ पुस । चर्चा र विवाद मन पराउने पत्रकार दिल निशानी मगर फेरी विवादित बनेका छन् ।

उनले फेसबुकमा पोस्ट गरेको स्टाटसका कारण उनि पछिल्लो समय विवादित बनेका हुन् ।

चर्चित पत्रकार रबि लामिछाने र उनको पुर्व पत्नीबीचको सम्बन्ध छताछुल्ल भएसंगै उनले यस्तो पोस्ट गर्नुले उनको ब्यांगे रबिविरूद्ध हो भन्ने धेरैले अनुमान लागाएका थिए । किनकी उनीहरुबीच केहि समय अगाडी एकअर्काको बारेमा नकारात्मक टिक्का टिप्पणी भएको सबैलाई थाहा थियो ।

उनको पोस्टमा गालि गलौज आएपछि फेरी अर्को पोस्ट गरे । उक्त पोस्टमा भनेका छन् – ‘मैले भाउजु स्यार्छु भनेको त मिना ढकाल जि लाई पो हो । उहाँको स्वर राम्रो छ, यसो एल्बममा लगानी गरौला भन्ने सोचेको थिए ।’

यतिमात्र होइन उनले पहिलो पोस्टमा आफैंले कमेन्ट गर्दै ‘यार्सागुम्बा पनि खाएको छु’ लेखेका थिए । दोस्रो पोस्टको कमेन्टमा उनले यार्सागुम्बाको फोटो पोस्ट गर्दै ‘भोलि खाने यो ३ पिस’ लेखेका छन् ।

दिल निशानी मगरले फेसबुकमा मात्र नभइ ट्वीटरमा समेत यस्ता विवादित टिप्पणीहरु गर्ने गरेका छन् । यद्यपि यस्ता पोस्टमा उनीमाथि निकै भद्दा टिप्पणी र गालीगलौज आउने गरेको छ ।