कम्जोर उल्भरह्याम्प्टनसँग पराजित हुँदै प्रिमियर लिग लिडर लिभरपुल एफए कपको तेस्रो चरणबाटै आउट !

काठमाडौं, २४ पुस । लिभरपुल एफए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा उल्भरह्याम्प्टनसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रिमियर लिग लिडर लिभरपुल एफए कपबाट बाहिरिएको हो ।

कमजोर मानिएको उल्भरह्याम्प्टनसँग लिभरपुलले खराब प्रदर्शन गर्यो । जितसँगै उल्भरह्याम्प्टन चौथो चरणमा प्रवेश गरेको छ ।

उल्भरह्याम्प्टनका लागि राउल जिमेनेज र रुबेन नेभेसले एक एक गोल गरे । लिभरपुलका लागि डिभोक ओरिगीले गोल गरेका थिए ।

खेलको ३८औं मिनेटमा जिमेनेजले गोल गर्दै उल्भरह्याम्प्टनलाई अग्रता दिलाए ।

दोस्रो हाफअन्तर्गत खेलको ५१औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा पुर्‍याए पनि त्यसको चार मिनेटपछि नै उल्भरह्याम्प्टनले अर्को गोल गर्दै खेललाई जितमा पुर्यायो ।