चीनमा सिक्सजी इन्टरनेटको तयारी सुरु, यस्तो हुनेछ सिक्सजी

बेइजिङ, २४ पुस । नेपालमा केहि समयअगाडीदेखि मात्रै फोरजी प्रविधि भित्रिएको हो । तर चीनले भने सिक्सजीको तयारी सुरु गरिसकेको छ । यहिँबाट प्रष्ट हुन्छ कि चीन प्रविधिमा कति अगाडी छ ।

चीनको सूचना प्रविधि मन्त्रालयसँग काम गरिरहेको फाइभजी वर्किङ ग्रुपका अनुसार २०२० सम्म सिक्सजीको परीक्षण सुरु हुनेछ ।

२०१९ मा चीनको पूरा ध्यान देशभर फाइभजी प्रविधिको विस्तारमा केन्द्रित रहनेछ । यसको लागि देशभर साढे ३ लाख नयाँ टावर स्थापना गरिएको छ । अहिले नेपालमा चलिरहेको फोरजी प्रविधिलाई फाइभजी बनाउने हो भने अहिलेको इन्टरेटको गतिलाई २५ देखि ३० गुणा बढाउन सकिनेछ ।

सिक्सजी प्रविधि फाइभजी भन्दा पनि ३० गुणा छिटो डाटा ट्रान्सफर गर्न सक्षम हुनेछ । सिक्सजीको लागि काम सुरु भइसकेको छ र यसको परीक्षण सफल भएमा चीन सिक्सजी प्रविधि भएको संसारकै एकमात्र देश बन्नेछ । सिक्जी प्रविधिमा मेगाबाइट प्रतिसेकेण्ड वा गिगाबाइट प्रतिसेकेण्ड मात्र नभइ टेराबाइट प्रतिसेकेण्डको गतिमा डाटा ट्रान्सफर हुनेछ ।