होसियार !! बारम्बार मुखमा घाऊ आइरहन्छ,सचेत रहनुहोस है

मुखमा घाउ खटिरा आइरहन्छ भने वेवास्ता नगर्नुहोस। मुखको क्यान्सर चुरोट, खैनी, पान परागजस्ता पदार्थको प्रयोगले बढी हुने गरेको पाइन्छ । मानिसको गला, गिजाको भाग बिस्तारै टाइट हुँदै गएमा शंका गर्न जरुरी हुन्छ ।

जसले मुखको बिभिन्न भागमा क्यान्सर हुन् सक्छ । मुखमा समस्या देखिएको लामो समयसम्म पनि स्वास्थ्य परीक्षण नगर्दा अनेकौँ समस्या हुन सक्छ । यसरी परीक्षणमा ढिला गर्दा समस्या शल्यक्रिया गर्ने अवस्थामा नै पुग्ने गर्छ ।

मुख क्यान्सरबाट बच्नका लागि सकेसम्म वर्षको दुईपटक नत्र एकपटक मात्र भए पनि डेन्टल परीक्षणमा जानु राम्रो हुन्छ । दैनिक रूपमा प्रयोग गर्ने खानेकुराबारे विशेष ख्याल पु(याउनुपर्छ । दाँतमा कुनै समस्या देखिनेबित्तिकै परीक्षण गरिहाल्नुपर्छ ।

वर्षको दुईपटक दाँतको पूरै सरसफाइ गर्न आवश्यक हुन्छ ।