काठमाडौं हिंडेका यात्रुको कालीखोलाको भिरबाट त्रिशूलीमा खसेर मृत्यु !

भरतपुर, २३ पुस । त्रिशूली नदीमा खसेर एक बृद्धको मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट खसेर ६० वर्षीय भारत मध्यप्रदेश बरैची जिल्लाका हल्के कुशवाहाको मृत्यु भएको हो ।

एमपी ३३ टी ०९७५ नंको बस चितवनको कालीखोलामा शनिबार साँझ बिग्रेपछि भारतबाट काठमाडौँका लागि हिँडेको सबै यात्रु आगो तापिरहेका थिए । उक्तक्रममा कुशवाहा अचानक कालीखोलाको भिरबाट त्रिशूलीमा खसेका थिए । रातभर खोजी गर्दा पनि उनलाई भेटिएन ।

नभेटिएपछि बसका यात्रुले चितवन प्रहरीलाई खबर गरेको र सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले सोमबार कुशवाहाको शव त्रिशूली किनारमा फेला पारे ।

कुशवाहाको शवपरीक्षण गर्नका लागि भरतपुर अस्पतालमा लगिएको छ।