समाजसेवी ममता राईको पहलमा दुवै मृगौला पिडित राईलाई आर्थिक सहयोग हस्तान्तरण

काठमनडौ । ओखलढुंगा जिल्ला मानेभन्ज्यांग गाउपलिका वार्डन. १ मोली निवासी ४० वर्षीय होमराज राई वैदिशिक रोजगारको सिलसिलामा मलेशियामा कार्यरत हुदा हुदै दुवै मिर्गौला फेल भई अहिले ओम हस्पिटलमा हप्ताको २ चोटी डाऐलिसिस गरिरहेका राईलाई आर्थिक सहयोग जुट्न थालेको छ।

राईको तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने तर राईको आर्थिक अवस्था अत्यन्तै नाजुक भएपछि युवा पत्रकार तथा समाजसेवी शान्तिराज राईको सयोजकत्वमा होमराज राई बचाऊ अभियान समिति निर्माण गरेर सहयोगको अपिल सहित सम्पूर्ण सहयोगी दाताहरु समक्ष अब्वाहन गरिएको थियो। समिति निर्माण संगै सहयोगी सस्था र सहयोगी मनहरु जोडिने क्रम जारी रहेको समितिका सदस्य मिलन राईले एसएम नेपाललाई जानकरी गराए।

त्यसै क्रममा अमेरिका बस्दै आएका गीतकार, ब्युटिसियन तथा समाजसेवी ममता राईको पहलमा नेपाली रु, १५०८०४ (रु एक लाख पचास हजार आठ सय चार रुपैया संकलन गरेर बिरामीलाई हस्तानतरण गरिएको छ। लामो समय देखि विभिन्न अभियानहरुमा सक्रिय रुपमा लागि पर्दै आएका समाजसेवी राईले अरुको दुख पनि आफ्नै जस्तै लाग्ने सुनाए। अमेरिकामा बसोबास गर्दै आईरहेकी राई ‘ममता जनहित फाउण्डेशन’की सञ्चालक पनि हुन् । यस फाउन्डेशनले प्रत्येक बर्ष सोलुखुम्बुमा गरिब जेहेन्दार ३ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । त्यस्तै समय समयमा बृद्ध बृद्दाहरुलाई लत्ताकपडाका साथै आर्थिक सहयोग पनि गर्दै आएको छ ।

राईले दिए अनुसार सहयोगीहरुको नाम र रुपैया

१, गायिका, योशादा खालिंग राई $३०१ अमेरिका

२, गीतकार, ममता राई $२०१ अमेरिका

३, नृत्यकार, दावा शेर्पा $१११

४, समाजसेवी, नव खालिंग $१०५

५, युवानेता, इमान मंगोल वाम्बुले राई रु, १०,३७९ मलेसिया

६, समाजसेवी, नारायण चाम्लिंग राई $५५ अमेरिका

७, व्युटीसियन नमिता खालिंग राई $५१ अमेरिका

८, नृत्य कोरियो ग्राफर, रमेश सुनुवार $५० अमेरिका

९, मोडेल, माया मेलिशा राई $५० अमेरिका

१०, व्यवसायी, दोर्जी शेर्पा $५० अमेरिका

११, समाजसेवी, विकाश केशी $५० अमेरिका

१२, गायक, ओमाकुरुंग फांग लिम्बु रु, ५००० युके

१३,नृत्यकार तारा गुरुङ $४५ अमेरिका

१४, समाजसेवी, पिके थाक्लुंग लिम्बु $४० अमेरिका

१५, समाजसेवी, रुकु उप्रेती $४० अमेरिका

१६, व्युटिसियन, कामला राई $३० अमेरिका

१७, समाजसेवी, कामला लिम्बु $३० अमेरिका

१८,नृत्यकार, नबिन श्रेष्ठ $३० अमेरिका

सहयोगी मन भएकाहरुलाई निजको श्रीमती फुलमाया राई, मिलन राई र दीर्घराज राईको होमराज राई बचाऊ अभियानको सिद्धार्थ बैंकको खाता नम्बर ०२४१५२१४८६५ (जोरपाटी साखामा) जम्मा गर्दिन सक्नुहुनेछ।

र सेयर गरौ ताकि सक्दो एक सेयरले सहयोगी मनहरु सम्म पुग्न सक्छ र कसैको जीवन बाच्न सक्छ ।