पुर्ब जनमुक्ति सेना नेपालको खुल्ला पत्र : रबिलाई जतिनै बदनाम गराउने प्रयार गरे पनि ३ करोड नपाली रबिको पक्षमा छन्

सर्बप्रथम त लाल सलाम !!!

आज भन्दा दुई बर्ष अगाडी बाट प्रसारण भै रहेको news 24 टेलिभिजन बाट प्रत्यक्ष लाईभ सिधाकुरा जनता संग कार्यक्रम बाट निकै नै चर्चा पाएका र ३ करोड नेपालिको मन जित्न सफल भएका रबि लामिछाने महान् हुन् भन्न म कन्जुस गर्दिन।रबिको परिवार भित्रको कुरालाई लिएर कुनैकुनै पत्रकार साथिहरुले रबिको खुट्टा तान्ने काम पहिला बाटनै गर्दै आएको हो तर रबिले आफ्नो कामलाई निरन्तरता दिदै गर्दा फेरिपनि उनको पुर्ब पत्निलाई हतियार बनाउदै रबिलाई डिप्रेसनको सिकार बनाई रहेका छन् ।तर रबि लामिछाने संग धेरै सोच्ने शक्ति छ रबिको साथमा ३ करोड नेपाली छन ।

त्यसैले रबिलाई जतिनै बदनाम गराउने प्रयार गरे पनि ३ करोड नपाली रबिको पक्षमा छन् ।रबिको १० ओटै श्रीमती होस रबिको श्रिमतिलाई हेर्ने होइन ,काम लाई हेरेर सलाम ठोक्छौ रबि लामिछाने जस्तो सच्चा र निडर पत्रकारको खाचो छ आज देशमा।त्यसैले रबिको सिर जतिनै झुकाउने प्रयास गरे पनि कहिले झुक्न दिने छैनौ हामी ३ करोड नेपालिले !

१० बर्ष जनयुद्ध लडेर नेपाल मा गणतन्त्र घोषण भयो ।तर खै प्रचण्ड र बाबुराम ले के गरे ?केपि ओलिले देश चलाको १० महिना बिति सक्दा पनि न ३३ किलो सुन पत्ता ,लगाए न निर्मला पन्तको बलात्कारि हत्यारा पत्ता लगाए ,न भुकम्प पिडितले अझै सम्म राहत नै पाए ।रबि लामिछानेलाई देश चलाउन ३ महिना मात्र दिएर हेर्नुस् ,देशमा बलात्कारि दलालि र भस्ट्र्चारि ठाउको ठाउँ हुने छन्।सिधाकुरा जनता संग कार्यक्रम बाट टेलिभिजनमा ठग ,दलाल बलात्कारि ,भस्ट्रचारी सबैको पर्दाफास गर्दा पनि रबि लामिछाने माथी हमला गर्ने गिरोह लाई चाडो भन्दा चाडो कार्बाही गर सरकार नत्र भरुवा बन्दुक उठाउन नपरोस ।छातिमा अझैसम्म तातो तातो गोलिको डाम जस्ताको तेस्तै छ १० बर्षको युद्ध को चिनो ।।

टेलिभिजन बाटै भए पनि रबि लामिछाने ले १ बर्ष भित्र मुखले बोलेर मात्र होइन काम गरेर ३ करोड नेपालिको मन जित्न सफल भयो ।पर्देश मा दुख परेका आपत बिपतमा परेका नेपाली चेलिबेटी देखि बिदेशी चेलिबेटी दाजुभाईको उदार देखि मानव तस्करी भस्ट्रचारी दलाली हरु बिरुद्द आफ्नो ज्यान जोखिममा राखेर काम गर्दा पनि रबिको पुर्ब पत्निको आँखा लागेको हो कि कुनै पत्रकारको आँखा लागेर पुरानो घाउलाई बल्झाउने प्रयास हुदैछ ?जतिनै पुरानो घाउलाई बल्झाउन खोज्छौ ,त्यतिनै रबि लामिछानेको सम्मान बढने छ ।

र ,नेपालमा रबि को खुट्टा तान्ने जम्मा जम्मी १० देखि १२ जना जति होलाऊ,खुट्टा तान्दै गर ,यो देश चलाउने अन्तमा रबि लामिछाने नै हुने छ। फेरिफेरि यो हाँसोलाई खोस्न दुस्प्रयास कसैले नगरेस् , चेतना भया.. !!

जोजोपुमा किराँती

पुर्ब जनमुक्ति सेना नेपाल