यूएईस्थित नेपाली दूतावासले बिज्ञप्ति जारी गर्दै भन्यो – १२ महिलासहित यूएई कारागारमा दुई सय नेपाली बन्दी !

काठमाडौं, २३ पुस । युनाइटेड अरव इमिरेट्स (यूएई)मा २ सय नेपाली कामदारहरूले जेल जीवन बिताइरहेको तथ्यांक सार्बजनिक भएको छ ।

यूएईस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै यूएईका विभिन्न ८ जेलमा १ सय ८८ जना पुरुष र १२ जना महिला गरी २ सय नेपाली रहेको जनाएको हो ।

जेल परेका अधिकांश नेपालीहरू मद्यपान, लागूऔषध सेवन एवं ओसारपसार, झैझगडा, चोरी, हत्या किर्ते कागजात बनाउने लगायतका अपराधमा आरोपित पाइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यूएईको सारजहाँ सेन्ट्रल जेलमा ११६, दुबई सेन्ट्रल जेलमा २०, अलअथवा सेन्ट्रल जेलमा १२, अजमान र रस अल खेमा सेन्ट्रल जेलमा १८, फुजेरा, उम् अल कुइन र अल एन सेन्ट्रल जेलमा ३४ जना गरी २०० जना नेपालीहरू जेलजीवन बिताइरहेका छन् ।