अमरगढीस्थित बसपार्कमा आगलागी हुँदा १० पसल जलेर पूर्ण रुपमा नष्ट


डडेल्धुरा, २३ पुस । डडेल्धुरा जिल्लाको अमरगढीस्थित बसपार्कमा गएराति भिषण आगलागी भएको छ ।

अमरगढी– ५, बसपार्कमा राति १२ बजे आगलागी हुँदा १० वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आगलागीबाट बसपार्क पिपलचौतारीका तरकारी पसल, नास्ता पसल तथा माछा पसल जलेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करीव १ घण्टा पछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement