पर्यटनमन्त्री रविन्द्र अधिकारीले एक्कासी बोलाए पत्रकार सम्मेलन, पदबाट राजीनामा दिन सक्ने श्रोतको दावी !

काठमाडौं, २३ पुस । नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएका पर्यटन मन्त्री रविन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलन बोलाएका छन् ।

मन्त्री अधिकारीले आज बिहान १० बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन बोलाएका हुन् ।

पत्रकार सम्मेलमा मन्त्री अधिकारीले राजीनामाको घोषणा गर्ने तयारी गरेको नेकपानिकट स्रोतले जानकारी दिएको छ । यद्यपि मन्त्री अधिकारीको राजीनामाकोकुरा आधिकारिक रुपमा पुष्टि भने भइसकेको छैन ।

पत्रकारहरुलाई दिइएको सूचनामा वाइडबडी विमानका विषयमा उठेका समसामयिक प्रश्नको मन्त्री अधिकारीसहित मन्त्रालयका सचिव र अन्य सम्बद्ध अधिकारीले जवाफ दिने भनिएको छ ।