बच्चा देखि बृद्धसम्मले केरा खानु स्वास्थ्याका लागि धेरै राम्रो

केरा खानु जति मिठो हुन्छ त्यो भन्दा धेरै स्वास्थ्याको लागि रामो हुन्छ । प्राय: सबै ठाउमा पाउने केरा बालक देखि बृद्धसम्मको लागि राम्रो आहार मानिन्छ । साथै निकै उर्जा दिने पौष्टिक केरामा पाइन्छ ।

केरामा बच्चालाई आवश्यक पर्ने धेरै पोषक तत्वहरु पाइन्छन् । केरामा म्याग्नेसियम, भिटामिन बी ६, फाइबर, पोटासियम, आइरन, भिटामिन ए, बायोटिन तथा अन्य पोषक तत्व पर्याप्त मात्रामा हुन्छ । जुन मानव शरीरको लागि अत्यावश्यक हुन्छ ।

केराले बच्चाको लामो समयको भोक टार्छ र दिनभर सक्रिय बनाइ राख्नमा मद्दत गर्छ ।

बच्चलाई केरा खुवाउदा हुने फाइदाहरु यस्ता छन्:

तुरुन्त शक्ति पाउनः यदि तपाईंको बच्चा खेलकुदमा लाग्छ भने उसलाई दिनहुँ केरा खान दिनुपर्छ । यसले शरीरमा दिनभरी नै उर्जा प्रदान गर्छ ।

पाचन प्रक्रियाः केरामा पोक्टिन नामक फाइवर पाइन्छ, जसले कार्बोहाइटेडलाई तुरुन्तै सुगरमा परिणत गरिदिन्छ । जसका कारण पाचनक्रिया दुरुस्त रहन्छ । जुन बच्चाले दिनहुँ केरा खान्छ उसको पेटको पाचन प्रक्रिया सधै राम्रो रहन्छ ।

हड्डी बलियो बनाउनः केरामा पोटासियम तत्व पाउन सकिन्छ, जुन बच्चाको आहाराद्वारा पाइने सोडियमलाई न्यूट्रिलाइज गरी हड्डीलाई थप बलियो बनाउँछ ।

दिमाग तेज बनाउनः केरा खाने बच्चाको दिमाग सधै सक्रिय रहनुका साथै आफ्नो कुनैपनि काम ध्यानपूर्वक गर्नसक्छ । केरामा पाइने पोटासियकका कारण बच्चाको दिमाग तेज रहन्छ ।

एनिमियाबाट बचाउनः केरामा आइरन, फोलेट, भिटामिन बी १२ पाउन सकिन्छ । जुन रातो रक्तकोषको निमार्ण गर्नमा सहयोगी हुन्छ । (एजेन्सीको सहयोगमा)