रोजगारको लागि जापान पुगेका एक नेपाली युवकको अल्पायु मै निधन

टोकियो,  २३ पुस । बैदेशिक रोजगारीको सिलसिलामा जापान पुगेका एक नेपाली युवकको निधन भएको छ । जापानको नागोया शहरस्थित बुद्ध डाईनिङ उतो रेष्टुरेण्टमा कार्यरत ४० वर्षीय निमा ओङछु शेर्पाको अल्पायुमै निधन भएको हो।

शेर्पाको गत मंगलबार बिहान निधन भएको हो। उनको गत बुधबार नै अन्तिम संस्कार गरिएको शेर्पा संघ जापानका सचिव दावा लामा शेर्पाले बताउनु भयो। मृतक शेर्पा सोलुखुम्बुको खम्बु पासाङलामु गाँऊपालीका वडा नम्वर ६ का स्थायी बासिन्दा हुन् ।