नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा खुल्ला प्रतिस्पर्धाबाट छनौट भए डिल्लीराम अधिकारी

ठमाडौं, २२ पुस । तीन प्रतिस्पर्धीबाट छानेर नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारीलाई नियुक्त गरिएको छ ।

खुला प्रतिस्पर्धाबाट सबैभन्दा धेरै नम्बर ल्याएका अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

सरकारले गठन गरेको सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठन गरिएको छनौट समितिले छनौट प्रक्रियाअनुसार सिफारिस गरेको थियो ।

समितिले डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।