मध्यराति बौद्धमा प्रहरीको छापा, यस्तो अवस्थामा भेटिए २१ जना

काठमाडाैँ, २२ पुस । काठमाडौंको बौद्धमा प्रहरीले मध्येराति छापा मार्दा २१ जना जुवाडे पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा खटिएको प्रहरीको विषेश टोलीले शनिबार मध्येराती बौद्ध फुलवारीस्थित लोप्साङ लामाको घरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

परिसरका डीएसपी होमिन्द्र बोगटीका अनुसार केहि समयदेखि जुवा खेलाइरहेको भन्ने सुचनाको आधारमा मध्यराति छापा मारिएको हो ।

उनले ७ लाख १९ हजार ८ सय २० रुपैयाँसमेत बरामद गरिएको बताए । उनले भने,‘पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीको लागि आजै जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगिने छ ।’